एसाइलम फैसलामा न्युयोर्कका कुन न्यायाधिस कडा, कुन नरम ?


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

एसाइलमका मुद्दामा फैसला गर्ने न्युयोर्कका कडा र नरम न्यायाधिसहरुको नयाँ काउन्टडाउन सार्वजनिक भएको छ । आर्थिक बर्ष २०१७ सम्म उनीहरुले गरेका फैसलाको विश्लेषण गरेर यो काउन्टडाउन तयार पारिएको हो ।

न्युयोर्कमा रहेका न्यायाधिसमा सबैभन्दा नरम न्यायाधिस फेडरिक लिड्स रहेका छन् उनले कुल मुद्दाको ९७ प्रतिशतका पक्षमा फैसला गरेका छन् भने सबैभन्दा कडा होम स्याण्डी रहेका छन् जसले जम्मा ४१ द्यशमलव ५ प्रतिशत मुद्दाका पक्षमा फैसला गरेका छन् ।

त्यस्तै सबैभन्दा धेरै एसाइलम स्वीकृत गर्ने दोश्रो नम्बरमा रहेका जोअन्ना बक्सपानले ९६ दशमलव २ प्रतिशत, तेश्रो नम्बरमा रहेका अमेनिया खानले ९६ दशमलव १ प्रतिशत, चौथो नम्बरमा रहेका नोअल ब्रेननले ९५ दशमलव ३ प्रतिशत, पाँचौ नम्बरमा रहेका टेरी बेनले ९४ दशमलव ९ प्रतिशत मुद्दाका पक्षमा फैसला गरेका छन् ।

९० प्रतिशतभन्दा धेरै मुद्दा स्वीकृत गर्नेहरुमा बिग्रिट लाफोरेष्ट, ओलिभिया क्यासिन, जर्ज च्यू, डगलस चपर्ट, थोमस मुलिगन, भिभिने गोर्डन, मार्गरेट म्याकमनस, रेजा कोहेन र एलिजाबेथ ल्याम्ब रहेका छन् ।

असाध्यै कममात्र मुद्दाका पक्षमा फैसला गर्ने न्युयोर्कका न्यायाधिसहरुमा स्याण्डी होमपछि एलेन भोमाका, ग्याब्रिएल भिडेला र बारबरा नेल्सन रहेका छन् । उनीहरुले ५० प्रतिशत भन्दा पनि कम मुद्दाका पक्षमा फैसला गरेका छन् ।

६० देखि ७० प्रतिशत मुद्दाका पक्षमा फैसला गर्नेहरुमा जेसी क्रिस्टेन्सन र अभिभा पोक्जेर रहेका छन् । अरु सबै न्यायाधिसहरुले ७० देखि ९० प्रतिशतको बीचमा मात्र मुद्दाका पक्षमा फैसला गर्दै आएका छन् ।

यसबारेको विस्तृत रिपोर्ट खसोखासको आगामी अंकमा प्रकाशित गरिनेछ । विस्तृत समाचार पढ्न खसोखासको ग्राहक बन्नुहोला ।  खसोखासको बार्षिक ग्राहक बन्न यो लिंकमा क्लिक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com