६५ बर्षकी बालकुमारी भन्नुहुन्छ – ‘नेताले स्वार्थ नत्यागे जुन व्यवस्था आएपनि के फरक ?’
प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

सिन्धुपाल्चोककी ६५ बर्षीया बालकुमारी पराजुलीलाई बाम एकता मन परेको छैन । जनयुद्धको बेलामा माओवादीले आफ्नो छोराको जागिर जबर्जस्ती छुटाएका कारण उहाँलाई बाम एकता मन नपरेको रहेछ । एउटा भोटको पनि धेरै महत्व हुने कुरा उहाँलाई राम्रोसँग थाहा छ । त्यसैले सोंचविचार गरेरमात्र मतदान गर्नुपर्ने उहाँको भनाई छ ।
पञ्चायतकाल देखिकै राजनीति नियाल्दै आउनु भएकी उहाँले अहिलेका नेता आफ्नो स्वार्थमा बिक्ने भएकाले बिकास हुन नसकेको बताउनुहुन्छ ।मतदाताको राय बुझ्न स्थलगत रिपोर्टिंगमा रहेका खसोखासका फोटोग्राफर दीपेन्द्र ढुंगानासँग कुरा गर्दै उहाँ भन्नुहुन्छ – ‘नेताले स्वार्थ नत्यागे पंचायत आएपनि गणतन्त्र आएपनि फरक छैन ।’