न्युयोर्क क्षेत्रमा तीनदिनमा चार बम, मिनेसोटा आक्रमणमा आतंकवादी !


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

 

न्युयोर्कमा बम बिष्फोट लगत्तै सोमबार विहान न्युजर्सीमा अर्को बम भेटिएको छ । यसअघि शनिबार न्युजर्सीमा पनि बम बिष्फोटको घटना भएको थियो ।

सोमबार बिहान न्युजर्सीको एलिजाबेथमा ट्रेन स्टेशनमा बिष्फोटक पदार्थ भेटिएपछि सुरक्षाकर्मीहरुले त्यसको जाँचबुझ गरिरहेका छन् । मेयर क्रिस्टियन बल्वेजले तार र पाइपसहितको बस्तु पड्काउन तयार पारिएको बम हुनसक्ने बताएका छन् । सोमबार बिहान त्यसक्षेत्रमा बिष्फोटको आवाज सुनिएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

यसअघि शनिबार न्युयोर्कको म्यानहटनमा एउटा बम बिष्फोट भएको थियो भने अर्को नपड्केको बम फेला परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा शनिबार बिष्फोट लगत्तै अर्को बम फेला पारेर निस्तेज पारिएको थियो ।
म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा शनिबार राती साढे ८ बजेतिर भएको बिष्फोटमा २९ जना घाइते भएका थिए ।
बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका थिए भने भने केही भाग भत्किएको थियो । न्युयोर्कमा भएको बिष्फोटपछि सुरक्षा अधिकारीहरुले राती ११ बजेतिर एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युकै बीचमा २७ औं स्ट्रीटमा अर्को प्रेसर कुकुर बम फेला पारेका थिए ।
यसैबीच अधिकारीहरुले संदिग्ध पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छन् । तर कसैबिरुद्ध पनि अभियोग नलगाइएको जनाइएको छ ।
न्युयोर्क र न्युजर्सीमा तीनदिनको अन्तरालमा चारवटा बम भेटिएपछि न्युयोर्कको यातायातका हबहरुमा थप १ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । यी सबै घटनाहरुसँग शनिबार अमेरिकाकै मिनेसोटामा भएको आक्रमण सबन्धित भए नभएकोबारे अनुसन्धान भइरहेको छ ।

मिनेसोटामा आक्रमणकारीले चक्कु आक्रमण गर्दा ८ जना घाइते भएका थिए । आक्रमणकारी पनि प्रहरीको गोलीले मारिएका थिए । यो घटनाको जिम्मा आतंकवादी संगठन स्लामिक स्टेटले लिएको छ । एफबीआईले पनि यो घटनाको अनुसन्धान आतंकवादी हमलाका रुपमा गरेको छ । आतंकबादी संगठन आईसीसले हमलामा संलग्न व्यक्ति आफ्ना सिपाही भएको बताएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com