चीनमा नर्सरी स्कूलका बालबालिकालाई दुर्व्यवहार गर्ने शिक्षिका पक्राउ


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

काठमाडौं, १० मंसिर — बेइजिङ प्रहरीले एक नर्सरी स्कूलमा बालबालिकालाई दुर्व्यवहार गरेको आशंकामा २२ वर्षीया एक शिक्षिकालाई पक्राउ गरेको छ ।

आरवाईबी एजुकेसन इन्कले चलाएको नर्सरीका बालबालिकालाई सुईले घोचिएको, औषधि खुवाइएको र नांगै बनाइएको दाबीमाथि अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

आरवाईबीले यस विषयमा ‘गहन माफी’ मागेको जानकारी दिएको छ । यस घटनाले चीनमा आक्रोश उत्पन्न गरेको छ । त्यहाँ शिशु स्याहार केन्द्रमा अनेकौं विवादहरू उत्पन्न भइरहन्छन् ।

उक्त मुद्दामा गलत सूचना फैलाउने एक मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरवाईबी एजुकेसन प्रिस्कूल जाने कम्तीमा आठ बालबालिकालाई अज्ञात वस्तुसहितको इन्जेक्सन घोचिएको पाइएको छ ।

आरवाईबी एजुकेसनले बिहीवार एक विज्ञप्ति जारी गरेर प्रहरीसँग सहकार्य गरिरहेको र कुनै गडबडी भएको पाइएमा ‘जिम्मेवारी लिन नहिचकिचाउने’ बताए ।

आरवाईबी स्कूल चीनको प्रसिद्ध शिशु शिक्षा कम्पनीमा पर्दछ ।

अभिभावकहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार बालबालिकाको शरीरमा सुईले घोचेको निशान देखिएको थियो अनि बालबालिका सुत्नुअघि औषधि खुवाइएको वा सिरप पिउन दिइएको थियो ।

एक पिताले सरकारी टीभी सीसीटीभीलाई बताएअनुसार, उनको बच्चालाई दिनदिनै दिउँसोको खाना खाएपछि दुईवटा सेतो चक्की खान दिएर सुत्न लगाइन्थ्यो ।

यो घटनाले ठूलो खैलाबैला मच्चाएको छ अनि चीनमा शिशु स्याहारको मापदण्डका विषयमा चिन्तालाई फेरि जगाएको छ । चीनमा हालैका वर्षमा बालबालिकामाथिको दुर्व्यवहारका अन्य धेरै घटना भएका छन् ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com