न्युयोर्कमा भेटिएको र पड्एिको बम ‘प्रेसर कुकर बम’


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

 

विश्वको ब्यापारिक केन्द्रका रुपमा चर्चित न्युयोर्कमा शनिबार बिष्फोट गराइएको र त्यसलगत्तै फेला पारेर निस्तेज पारिएका दुईवटै बमहरु प्रेसर कुकर बम रहेको पुष्टी भएको छ । सन् २०१३ मा बोस्टन म्याराथनमा बिष्फोट गराइएको बमको प्रकृति र न्युयोर्कमा बिष्फोट गराइएको बमको प्रकृति एउटै रहेको जनाइएको छ ।

प्रेसरकुकरभित्र कोचिएको बिष्फोटकका रुपमा मोबाइल फोन र क्रिसमसका लाइटहरु पनि रहेको अधिकारीहरुले जनाएका छन् ।  म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा शनिबार राती साढे ८ बजेतिर भएको बिष्फोटमा २९ जना घाइते भएका थिए ।
बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका थिए भने भने केही भाग भत्किएको थियो । न्युयोर्कमा भएको बिष्फोटपछि सुरक्षा अधिकारीहरुले राती ११ बजेतिर एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युकै बीचमा २७ औं स्ट्रीटमा अर्को प्रेसर कुकुर बम फेला पारेका थिए ।

सोमबारदेखि सुरु हुने राष्ट्रसंघ महासभाको पूर्वसन्ध्यामा भएको बिष्फोटले न्युयोर्कबासीहरु आतंकित भएका छन् । यसैबीच अधिकारीहरुले संदिग्ध पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छन् । तर कसैबिरुद्ध पनि अभियोग नलगाइएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com