चीनको निङ्बोमा ठूलो विस्फोट, कम्तीमा दुईको मृत्यु, कैयौं घाइते


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

काठमाडौं, १० मंसिर — चीनको निङ्बो शहरमा आइतवार बिहान ठूलो विस्फोटन भएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजे जियाङ्बेई जिल्लास्थित एउटा कारखानामा बम पड्कियो र नजिकका केही भवनहरू भत्किए ।

सरकारी सञ्चारमाध्यम सीसीटीभीले कम्तीमा दुईको मृत्यु र धेरैजना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएको जानकारी दियो ।

स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा ३० जनालाई स्थानीय अस्पतालमा लगिएको र उद्धारकार्य जारी रहेको बताए ।

विस्फोटनको कारण पत्ता लगाउनका लागि अनुसन्धान जारी रहेको प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com