धादिङमा कांग्रेस गठबन्धनबाट मतदान अवरोध, खुकुरी प्रहारबाट बाम गठबन्धनका तीनजना घाइते


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

धादिङ, १० मंसिर । धादिङको रुबि भ्याली गाउँपालिका–२ दुङ्देन माबि मतदान केन्द्रमा कांग्रेस गठबन्धनबाट अवरोध भएपछि मतदान सुरु हुन सकेको छैन ।

बाम गठबन्धनका प्रतिनिधिलाई मतदान केन्द्र आउन अबरोध गरेपछि अझैसम्म मतदान नसकेको हो ।

त्यस्तै, खनियाबास गाउँपालिका–२ झर्लाङ्म २ वटा मतदान केन्द्रमा बाम गठबन्धनका प्रतिनिधिलार्इ कांग्रेस गठबन्धनले अवरोध गरी खुकुरी प्रहार गरेका छन् ।

झार्लाङ पैरोवारि कांग्रेस गठबन्धनका कार्यकर्ताले खुकुरी प्रहार गर्दा वाम गठबन्धनका राम तमाङ लगायत तीनजना घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com