अमेरिकी अध्यागमनले बाबुबाट अलग्यायो एकबर्षका नाबालक छोरा


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

अमेरिकी अध्यागमनले अमेरिकामा बस्दै आएका एकजना बाबुबाट नाबालक छोरा खोसेपछि त्यस्तो कार्यलाई अमानवीय भन्दै आलोचना गरिएको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ३० बर्षका एक साल्भाडोरिएन पिताका बच्चालाई नियन्त्रणमा लिएको थियो र ति एकबर्षका बालकलाई कहाँ राखिएको छ भन्ने समेत गोप्य राखेको थियो । एल साल्भाडोरका होसे डेमार शरण खोज्दै अमेरिकामा आएका थिए । उनले गत आइतबार मेक्सिकोको सिमा क्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिरेर आफू र आफ्ना बच्चाका लागि शरणको अनुरोध गरेका थिए । तर बिहिबार उनलाई र उनका छोरालाई अलग्याइएको थियो । त्यसपछि छोरालाई कहाँ राखियो भन्नेबारे केही बताइएको थिएन ।

ती बाबुले छोरासँगको सम्बन्ध प्रमाणित गर्ने कुनै कागजात पेश गर्न नसकेका कारण उनलाई नाबालाकबाट अलग्याइएको आइसले जनाएको छ । आइसका प्रवक्ताका अनुशार ती व्यक्तिसँग बालकलाई छोरा प्रमाणित गर्ने पासपोर्ट, जन्म दर्ता प्रमाणपत्र वा अन्य कुनै कागजात थिएन । तर अधिकारवादीहरुले भने बाबु होसे डेमार आफ्ना छोरा माटेओको जन्म दर्ता प्रमाणपत्र र आफ्नो साल्भाडोरिएन फोटो आईडी हातमा बोकेर नै अमेरिका छिरेको दावी गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com