आइतबार यी जिल्लामा गाडी चल्नेछैन


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

काठमाडौं, ९ मंसिर– भोलि ९आइतवार० कतै यात्रामा निस्कने योजनामा हुनुहुन्छ रु हुनुहुन्छ भने तपाईंलाई समस्या पर्न सक्छ । पहिलो चरणअन्तर्गत आइतवार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन कारण ३२ जिल्लामा अनुमति पाएका बाहेकका सवारी साधन नचल्ने भएका छन् ।

आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का रूकुम ९पूर्वी भाग० र रोल्पा, प्रदेश नं ६ का रूकुम ९पश्चिम भाग०, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा अनुमति नलिएका कुनै पनि सवारी नचल्ने प्रहरीले जनाएको छ ।
बाँकि ४५ जिल्लामा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com