युवाले स्वदेशमै रोजगार पाउने ओलीको उद्घोष


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

मंसिर ९, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले वर्षेनी ४० लाख युवा बेरोजगार भएर विदेशिन बाध्य भएकाले स्थायी सरकार आएपछि मात्रै उनीहरुले स्वदेशमै रोजगारी पाउने बताएका छन् ।
आज खैरेनीटारमा एमाले क्षेत्र नं २ तनहुँद्वारा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र उद्योगधन्दा स्थापना गर्न पनि मुलुकभित्र स्थिर र टिकाउ सरकारको आवश्यकता रहेकाले वाम गठबन्धनलाई सहयोग गर्न आग्रह गरे।
काँग्रेसले लामो समय देशमा शासन गरे पनि जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै नेता ओलीले चुनावपछि एमाले –नेकपा९माओवादी केन्द्र० गठबन्धनले स्थायी सरकार बनाउने र त्यसपछि पार्टी एकता गरी देश विकासमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे

सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वाम गठबन्धन एकतामा बदलिएपछि देशले विकास र आर्थिक समृद्धिमा फड्को मार्ने बताए । कार्यक्रममा पूर्वसांसद टुकराज सिग्देल, तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार केदार सिग्देल, प्रदेश सभा १ का उम्मेदवार आशा कोइराला, प्रदेशसभा २ का उम्मेदवार किरण गुरुङलगायतले वामगठबन्धनलाई जिताउन आह्वान गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com