अस्ट्रेलियामा अब इच्छामृत्युको अधिकार


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार


– नारायण खड्का

मंसिर ९, २०७४-दीर्घ र सहन गर्न नसक्ने रोग लागेकाहरुलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यले इच्छामृत्युको अधिकार दिएको छ । उक्त राज्यका दुबै संसदबाट यससम्बन्धि विधेयक पारित भएपछि सन २०१९ देखि बिरामीहरुले यो अधिकारको उपयोग गर्न पाउने भएका छन् ।

अष्ट्रेलियाका प्राय सबै राज्यमा स्वेच्छिक मृत्युको बिषयका बारेमा पटक पटक संसदमा छलफल हुने गरेको भए पनि भिक्टोरिया राज्यले यसलाई पहिलोपटक कानुन निर्माण गरेर लागु गर्न लागेको हो । यसको पक्ष र विपक्षमा उक्त राज्यका सांसदहरुबाट दुबै संसदमा मतदान भएको थियो । मतदानमा  इच्छामृत्युको पक्षमा बहुमत आएपछि भिक्टोरिया यसलाई कानुनी रुप दिने पहिलो राज्य बनेको छ ।

न्यु साउथ वेल्सको संसदमा समेत यसबारेमा छलफल गरिएको भए पनि यसले सफलता पाउन सकेन । यससम्बन्धि कानुन निर्माण भए पनि यसको उपयोग गर्न भने सहजै पाइने छैन् । यो अधिकारको उपयोग गर्न निको नहुने रोग लागेको र जसले सहन गर्न नसक्ने पीडा दिएको हुनुपर्नेछ । उक्त रोगबाट ६ महिनाभन्दा कममात्र बाँच्ने सम्भावना भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्कोतिर इच्छामृत्युका लागि दुई जना चिकित्सकहरुले बिरामीलाई जाँच अनुसन्धान गरेर प्रक्रियामा सहमती जनाउनुपर्नेछ । डाक्टरले सहमती जनाएर औषधि सिफारिस गरेपछि मात्र फार्मेसीबाट यस प्रक्रियाको औषधि खरिद गर्न पाइनेछ । इच्छामृत्यु चाहने ब्यक्ति कम्तिमा पनि १८ बर्षभन्दा माथिको हुनुपर्नेछ भने यही राज्यमा १ वर्षदेखि बसोबास गरेको हुनुपर्नेछ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com