Follow @khasokhasmag

पुत्र शोकमा रहेका प्रचण्ड पुनः निर्वाचन क्षेत्रमा


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

चितवन, ९ मंसिर । माओवादी केन्द्रका नेता तथा पुत्र प्रकाश दाहालको निधनपछि शोकमा परेको प्रचण्ड पुनः मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

पुत्र शोकमा रहेका प्रचण्ड सम्पूर्ण नेपाली छोराछोरी आफ्ना छोरा प्रकाश सरह रहेको वक्तव्य दिएलगत्तै शुक्रबारदेखि प्रचण्ड चितवनमा चुनावी घरदैलोमा हुनुहुन्छ ।

चितवन–३ मा शनिबार आयाजित चुनावी घरदैलो कार्यक्रममा नेपाली काँग्रेस छाडेर आएका कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका चितवन–३ का उम्मेदवार प्रचण्ड चितवनबाट उम्मेदवार बनेपछि समग्र चिवतनबासी उत्साहित बनेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com