पतिको बचाउ गर्दै आरजुले भनिन्ः शेरबहादुरले केही गरेनन् भन्नु हास्यास्पद


प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

८ मंसिर, धनगढी । प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस कैलाली ५ की प्रतिनिधिसभा उम्मेदवार आरजु राणा देउवाले शेरबहादुर देउवाले केही गरेनन् भन्ने हास्यास्पद भएको बताएकी छन् ।

धनगढी १२ जुगेडामा भएको चुनावी सभामा उनले भनिन्, ‘मलार्इ लाग्छ उहाँ (केपी ओली) यो क्षेत्रमा कहिल्यै आउनु भएको थिएन । डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद हुनेछ ।’

उनले एमाले अध्यक्ष ओलीलार्इ सुदूरपश्चिमको पुल र बाटो, पश्चिम सेती, पञ्चेश्वर आयोजना कसले बनायो भनेर सोध्न मन लागेको उनले बताइन् ।

‘विकासका जति काम भएका छन् सबै कांग्रेसकै पालामा भएका छन्’ उनले भनिन् ‘अरु पार्टी सिन्को सम्म भाँचेका छैनन् ।’

पति देउवाको बचाउ गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री देउवा नै प्रदेश नम्बर सातको विकासका लागि लडेका नेता हुन्, अरुले केहि गरेको भए मलार्इ देखाइ दिनुस् । एमाले र माओवादीका नेताहरू भाषण गर्नमा मात्रै माहिर छन्, काम गर्न होइन।’

१७ वर्षअघि तत्कालीन देउवाले कैलाली ल्याउन खाजेको पोलिटेक्निक कलेज एमाले सरकारले मोरङ्ग र मनकानपुर पुर्याएको उहाँको आरोप थियो । उनले भनिन्, ‘जसले सार्‍यो, उसलै शेरबहादुरले केहि काम गरेर भनेर भन्नु हास्यास्पद छ ।’

Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com