हिलारी क्लिन्टन, डोनाल्ड ट्रम्प र चीन


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

साल्भाटोर बाबोन्स

अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा एउटा कुरा निश्चित छ, दुवै उम्मेदवार चीनलाई गाली गर्दै अमेरिकी मत जित्न कोसिस गर्नेछन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनबीच अनेक विषयमा मतान्तर होला तर उनीहरू एउटा विषयमा भने एकै ठाउँ छन्, कि चिनीले लाखौँ अमेरिकी रोजगारी खोसेको छ र त्यो अमेरिकीलाई नै फिर्ता गरिनुपर्छ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार चीन र व्यापारमाथि कडा टिप्पणी गर्न रुचाउँछन् । क्लिन्टन त ओबामा प्रशासनको सन् २०११ को एसियातिरको धुरीसँग निकटबाट जोडिएकी छिन् । यो यस क्षेत्रमा चिनियाँ प्रभावलाई प्रतिरोध गर्ने रणनीति हो । ट्रम्प त निर्माण रोजगारी एसियाबाट अमेरिका फर्काउने विषयमा लगातार बोलिरहेका छन् ।

तर, उनीहरू निर्वाचित भए भने कसरी व्यवहार गर्दा हुन् । कडा रूपमा बोल्नु एउटा हो, सोहीअनुरूप कार्य गर्नु पूर्णतः फरक । निर्वाचित भएका अवस्थामा के उनीहरू साँच्चै अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउनेछन् ? र, प्रशान्तपारि सि जिनपिङले कोसँग ‘डिल’ गर्नेछन्, क्लिन्टन कि ट्रम्प ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको निर्वाचन अभियानको नारा छ, ‘अमेरिकालाई फेरि महान् बनाउने’ र उनी एउटा विषयमा काबिल छन् भने त्यो हो विषयलाई महान् बनाउने । ट्रम्पको यो गुणलाई अनुभूत गर्ने हो भने उनका धेरै अफिस बिल्डिङ, गल्फ कोर्स तथा क्लबहरूको भ्रमण गर्नुपर्ने हुन्छ । उनी जोडदार विश्वास गर्छन्, चीनसँगको व्यापार एउटा विषय हो, जसले अमेरिकालाई हुनुपर्ने जति महान् बनाएको छैन ।

उनको अभियान वेबसाइटले पूर्वराष्ट्रपति बिल क्लिन्टलाई अमेरिकी निर्माण उद्योग ध्वस्त बनाएकोमा दोष दिन्छ किनकि क्लिन्टनले विश्व व्यापार संगठनमा चीनको सदस्यता स्वीकार गरेको थियो । उक्त साइटले चीनबाट आर्थिक पहलकदमी फिर्ता ल्याउने विस्तृत योजना नै राखेको छ ।

पहिलो, ट्रम्पले जिम्मेवारी सम्हालेलगत्तै १९८८ को एउटा ऐनअनुसार चीनमाथि मुद्रा नियन्त्रक घोषणा गर्नेछन् । चीनको मुद्रा अमेरिकी डलरविरुद्ध अधिमूल्यन भइरहेको वास्तविकता सायद उहाँको हिसाब–किताबमा छिरेन । चीनले आफ्ना सामानको निर्यात तीव्र पार्न एकपटक मुद्राको अवमूल्यन गरेको थियो । त्यो अहिले कायम छैन । चीनका निर्यात सदस्य विगत पाँच वर्षदेखि गतिहीन अवस्थामा छन् । दोस्रो, ट्रम्पले चीनलाई अमेरिकी बौद्धिक सम्पत्ति चोर्नबाट रोक्नेछन् । उनले प्रविधि हस्तान्तरण रोक्नेछन् । अहिले चीनमा लगानी गर्ने अमेरिकी कम्पनीले तिनको स्वामित्व प्रविधि साझेदारी गर्नुपर्ने प्रावधान छ । तर, यसो गर्दा अमेरिकी कम्पनीलाई चीनमा लगानी गर्न रोक्नुजस्तै हुनेछ । कुनै अमेरिकी नेताले यस्तो कदम उठाउला ?

हिलारी क्लिन्टन पनि चीनमाथि कडा रुझान राख्न सबै अवसर लिन खोज्छिन्, तर उनका वक्तव्य ट्रम्पका भन्दा निकै नै मिलापकारी छन् । उदाहरणका लागि, उनले ‘मुद्रा नियन्त्रण’ को मुद्दामा कुनै अडान लिएकी छैनन् । बरु, उनले अमेरिकी कानुनअन्तर्गत चीन बजार अर्थतन्त्रको मान्यता नदिने बताएकी छिन् ।

क्लिन्टनले अस्पष्ट रूपमा उसले कम मूल्यमा स्टिल निर्यात गरिरहेको विषयलाई लिएर चीनसँग अडान लिने राय दिएकी छिन् । तर, के गर्नेछिन् भनेर व्याख्या गरेकी छैनन् । स्टिल नाकाबन्दी सम्भव देखिन्न । उनी चीनलाई प्रतिस्पर्धात्मक आर्थिक नीतिबारे जिम्मेवार बनाउने भनेर बोल्छिन् तर कुनै विशिष्ट वाचा वा धम्की दिने सवालमा सावधान छिन् । संक्षेपमा भन्दा क्लिन्टन चीनमाथि कडा हुन निकै होहल्ला त गर्छिन् तर उनको चेतावनी कुनै ठोस नीतिगत कार्यान्वयनमा जानेमा कमै सम्भावना छ ।

चीनको दृष्टिकोणबाट हेर्दा कसले जित्छ भन्नेमा धेरै फरक पर्ने देखिन्न । किलन्टन र ट्रम्प दुवैले निर्माण उद्योगसम्बन्धी रोजगारी अमेरिका फर्काउने वाचा त गरेका छन् तर त्यसका लागि कुनै ठोस र कार्यान्वयनयोग्य नीति भने ल्याएका छैनन् । तथापि, चिनियाँ राष्ट्रपतिले भोट हाल्न पाउँथे भने उनले सम्भवतः क्लिन्टनलाई रोज्ने थिए ।

(बाबोन्स विश्व अर्थतन्त्रको संरचनाका विज्ञ हुन्)

अल जजिराबाट-नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com