आज नेपाल बन्द हल्ला मात्र


प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

काठमाण्डौं, ८ मंसिर । काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ ।

उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ । नाकाबाट बिहान एक दुई बजेतिर नै धेरै गाडी काठमाडौं छिरिसकेका र अहिले ५०–६० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएका छन् । यसैबीच नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com