प्रचण्ड आजदेखि नियमित राजनीतिक कार्यक्रममा सरिक हुने
प्रकाशित मिति : मंसिर ८, २०७४ शुक्रबार

काठमाडौं ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि नियमति राजनीतिक कार्यक्रममा सरिक हुने भएका छन् ।
छोरा प्रकाश दाहालको मंसिर ३ गते हृदयाघातका कारण निधन भएको सातौं दिनमा हिजो औपचारिक श्रद्धान्जली कार्यक्रम गरेको भेलिपल्ट आजदेखि प्रचण्ड आफ्नो चुनाव क्षेत्र चितवन जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड निर्वाचन क्षेत्रमा चुनावी अभियान तथा घरदैलोसहित चुनावी कार्यक्रममा सहभागी हुन लागेको जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिए ।
तर अध्यक्ष प्रचण्ड ८ गते कैलाली कञ्चनपुर र ९ गते हुन पोखराका सभामा भने जाने छैनन् । ति कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग माओवादी नेता रामबहादुर थापा सहभागी हुनेछन् ।
चुनावी अभियानका क्रममा प्रचण्ड पत्नी सीता, छोरी रेणुसहित परिवारका अन्य सदस्यका साथ उनी आज चितवन जोनछन् ।