मधेससँग अझै मनभेद


प्रकाशित मिति : आश्विन ३, २०७३ सोमबार

संघीय प्रदेशको सीमांकन र संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै मधेसी मोर्चा बितेको एक वर्षभरी ठूला साना प्रदर्शनमा सक्रिय रह्यो । मधेस–थरुहटमा दुई प्रदेश हुनुपर्ने, समानुपातिक समावेशी क्लस्टर घटाउनुपर्ने, नागरिकता प्रावधान सच्याउनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायत ११ बुँदे माग राखेर गत वर्ष साउन ३१ देखि आन्दोलन सहभागी मोर्चाले संविधान जारी भएको दिन ३ असोजलाई कालो दिवस भनेको थियो ।

यो एक वर्षको बीचमा एक पटक संविधान संशोधन भइसके पनि मूल मुद्दा सीमांकन हेरफेर नभएको भन्दै मोर्चाले आन्दोलन स्थगन गरेको छैन । बरु संविधान जारी भएलगत्तै सुरु नाकाबन्दी साढे चार महिना चल्दा देश उठ्नै नसक्ने गरी थिलथिलो बन्न पुग्यो । माघ २२ गते नाकाबन्दी खुले पनि राजनीतिक सहमति नहुँदा मोर्चा कहिले राजधानी केन्द्रित अनशन त कहिले सदरमुकाम केन्द्रित प्रदर्शनमा क्रियाशील भयो ।

नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुनिएसँगैको तीनबुँदे सहमति अनि त्यसका आधारमा भएका आधा दर्जन वार्ता प्रयास टुंगोमा पुग्न सकेनन् । संविधान जारी भएको एक वर्ष पुग्दै गर्दा मोर्चा कालो दिवस फेरि मनाउने निर्णयसहित तीन दिने प्रदर्शनमा छ ।‘सँगै मिलेर संविधान दिवस मनाउने वातावरण राजनीतिक नेतृत्वले बनाउनेछ भन्ने अपेक्षा थियो,’ विश्लेषक दीपेन्द्र झा भन्छन्, ‘तर मधेस आन्दोलनको राजनीतिक सम्बोधन नहुँदा समस्या घुमिफिरी कालो दिवसमै पुगेर अडकियो ।’

त्यसो त संविधान जारी भएको दुई साता नबित्दै असोज २० गते नै पहिलो संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेको थियो । माघ ९ गते त्यसैका आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक प्रतिनिधित्वका विषयमा पहिलो संशोधन भयो पनि । मोर्चाले झापादेखि कञ्चनपुरसम्मै दुई प्रदेश मागे पनि झापा, मोरङ, सुनसरी तथा पश्चिममा कैलाली–कञ्चनपुरलाई विवादित जिल्ला मानेर उच्चस्तरीय आयोगमार्फत् सीमांकन टुंग्याउने सहमति नजिक दलहरूको कार्यदल गत पुसतिरै पुगिसकेको थियो । तर ठूला तीन दलको शीर्ष नेतृत्व कार्यदलको तयारीलाई औपचारिकता दिन तयार नभएपछि आन्दोलन जित र हारको बीचमै चलिरह्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केपी ओली सरकार र मधेस केन्द्रित दलबीच संवाद प्रक्रियामा रसायन मिल्न सकेन । फलस्वरूप माघ पहिलो सातादेखि अवरुद्ध वार्ता प्रक्रियाले औपचारिकता पाउन सकेन । ओलीले मधेसमा कुनै समस्या नरहेको, संविधानमा संशोधन गर्नुपर्ने आवश्यकता नरहेको अभिव्यक्ति दोहोर्‍याइरहे । मोर्चा नेताहरूले ओलीलाई मधेसविरोधीका रूपमा चित्रित गर्दै उनीसँग संवाद हुन नसक्ने अडान लिइरहे । साउन १९ गते केपी ओली सरकारको बहिर्गमन र नयाँ प्रधानमन्त्री दाहालको सत्तारोहणमा मोर्चाको साथ थियो ।

दाहाल सिंहदरबार गएको पर्सिपल्टै साउन २१ गते मोर्चासँग पहिलो वार्ता भयो । ती वार्ताहरूको निचोडमा नवलपरासी–बर्दियाको सीमांकनसँगै पूर्वका तीन र पश्चिमका दुई जिल्ला विवादित क्षेत्र भनी राजनीतिक संयन्त्रमा छलफलका लागि लैजाने तयारी भयो । तर कांग्रेस सभापति शेरबहादुर देउवा यसमा अनिच्छुक देखिएको आरोप मोर्चाको उच्च तहबाट लागेको कान्तिपुरमा खबर छ । ‘यति सल्लाह त पहिले पनि भइसकेकै हो, तर किन देउवाजीले चाहनुभएन, बुझ्न सकिएन,’ मोर्चाका एक उच्च नेताले भने, ‘संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ, हाम्रो माग सम्बोधन नभई कसरी हुन सक्छ कार्यान्वयन ?’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com