एमाले माओवादी एकता कसैले रोक्न सक्दैन : केपी ओली


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

दाङ, ६ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएरै छोड्ने बताउनुभएको छ ।

बुधबार दाङको घोराहीमा भएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकतामा शंका नगर्न आग्रह गर्दै चुनावपछि पार्टी हुने बताउनुभयो । उहांले पार्टी एकताको तयारी हुंदै गर्दा चुनाव आएकाले एकताको कामलाई पछि सारिएको समेत स्पष्ट पार्नुभयो । कसैले राम्रोका काम गर्न थाल्दा त्यसको खुट्टा तान्ने र आत्तिने प्रबृति भएको उल्लेख गर्दै उहांले अब आतिएर केही नहुने समेत दावी गर्नुभयो । अध्यक्ष ओलीले चुवानबाट वामपन्थीहरुले दुई तिहाइ वहुमतको सरकार बनाउने र मुलुकमा स्थायी राजनीतिको माध्यमबाट संमृद्धितर्फ लैजाने बताउनुभयो ।

यस्तै, आजै तुलसीपुरमा सम्बोधन गर्दै उहांले आगामी निर्वाचन मुलुकलाई कता लाने भन्ने छ्ट्याउने उल्लेख गर्नुभयो । मुलुकलाई सुशासन र लोकतान्त्रिक मूल्य मान्यतामा लान वाम गठबन्धन बनेको उहांको तर्क थियो ।
आजको वाम गठबन्धनको चुनावी सभालाई एमाओवादी केन्द्रका तर्फबाट माओवादीका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com