ट्रम्पको आरोप उत्तेजकः उत्तर कोरिया


प्रकाशित मिति : मंसिर ७, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा पुन राखेकोमा बुधबार प्रतिक्रिया दिँदै यसलाई गम्भीर उत्तेजना फैलाउने अभिव्यक्ति भनेको छ ।
उत्तर कोरियाले अमेरिकाद्वारा भएका यसखालका प्योङयाङ विरोधी अभियाननै आफ्नो मुलुकको आणविक कार्यक्रम विकासका लागि आवश्यक रहेको जनाएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले अधिकारीहरूलाई उद्धृत गरी बुधवार भनेको छ,“ प्योङयाङको आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको र अमेरिकाले हामीलाई आतङ्कवादलाई सघाउने मुलुकको सूचिमा राख्नु वा नराख्नुले कुनै अर्थ राख्दैन ।”
समाचारमा भनिएको छ, “अमेरिकाको उत्तर कोरियालाई आतङ्कवादी गतिविधि सञ्चालन गर्ने मुलुकको सूचीमा राख्ने निर्णय र अमेरिकी विरोध प्योङयाङका लागि आणविक हतियार निर्माण गर्ने बलियो आधार रहेको छ ।”
कोरियाली विज्ञहरूले आफ्नो मुलुकलाई आतङ्कवादलाई सघाउने भन्दै पुनः कालो सूचीमा राख्ने निर्णयले सीमित व्यवहारिक प्रभाव पार्ने तर यसले आणविक हतियार कार्यक्रमलाई स्थगित गर्न समस्या निम्त्याउने बताउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com