न्युयोर्क बिष्फोटमा घाइतेको संख्या २९, ‘थप खतरा छैन’ – मेयर


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

शनिबार साँझ न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा घाइते हुनेहरुको संख्या २९ पुगेको छ । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको थियो । बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका थिए भने भने केही भाग भत्किएको थियो ।

न्युयोर्कका मेयर बिल ब्लाजिओले न्युयोर्क सिटीमा थप कुनै खतरा नरहेको जनाएका छन् । साथै उनले न्युयोर्कको बिष्फोटको न्युजर्सीमा शनिबार विहानभएको बिष्फोटसँग कुनै सम्बन्ध नदेखिएको बताएका छन् ।

न्युजर्सीमा पाइप बम बिष्फोट भए लगत्तै न्युयोर्कमा यो घटना भएको हो । शनिबार विहान साढे ९ बजे न्युजर्सीमा पाइप बम बिष्फोट भएको थियो । न्युयोर्कमा भएको बिष्फोटपछि सुरक्षा अधिकारीहरुले राती ११ बजेतिर एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युकै बीचमा २७ औं स्ट्रीटमा अर्को बिष्फोटक उपकरण फेला पारेका थिए ।

सुरक्षा अधिकारीहरुले बिष्फोट भएको स्थानबाट तार जोडिएको प्रेसर कुकर र फोन बरामद गरेका छन् । ह्वाइटहाउसका प्रवक्ताका अनुशार अधिकारीहरुले घटनाबारे राष्ट्रपति बराक ओबामालाई जानकारी गराएका छन् । आइतवार राष्ट्रपति ओबामा राष्ट्रसंघको महासभामा भाग लिन आउने कार्यक्रम रहेको छ । सोमबारदेखि सुरु हुने राष्ट्रसंघ महासभाको पूर्वसन्ध्यामा भएको बिष्फोटले न्युयोर्कबासीहरु आतंकित भएका छन् ।

csmaydrwgaaygeo csmoihhweaabri2 csmriizukaaqmi csmrmzeviaaaikq csmtb13xyamvbm_ csmtcz_wgaerup5 csmteu8weae-hfq csmtfspxgaad1sq-1 csmzk1xwiaaejet csmzk2ewgaae5qt

57ddf97a1800006c32bd2194 57ddf977180000c70631545c

57ddf9791800006c32bd2193 57ddfa9c1800006c32bd2195 57ddfbe3180000c706315460 57ddfbe3130000930639cb06

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com