वामपन्थी सरकारले आयात प्रतिस्थापन गर्ने : बिष्णु पौडेल


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

बुटवल, ४ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने खालका उद्योग स्थापना गर्न अब बन्ने सरकारले विशेष रणनीति बनाउने बताउनु भएको छ ।
बुटवलमा भएको उद्योगी व्यवसायीको बृहत भेलामा उहा“ले राष्ट्रिय उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहा“ले अब स्थिर सरकार बन्ने र राष्ट्रिय उत्पादन बढाउन आवश्यक नीति बनाउने बताउनुभयो । नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका नेता पौडेलले कम्तीमा पा“च वर्ष टिक्ने सरकार अब बन्ने भएकाले दीर्घकालिन औद्यौगिक नीति बनाउन सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो । उहा“ले स्वदेशमा उत्पादन गरेको भन्दा आयात गरेको बस्तु सस्तो भए स्वदेशी उद्योगहरु चल्न नसक्ने भन्दै त्यसका लागि उपयुक्त नीति बनाएर मात्र राष्ट्रिय उत्पादन बढाउन सकिने बताउनुभयो । कार्यक्रममा एमाले नेताहरु रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरी, २ भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रकातर्फबाट समानुपातिक उम्मेदवार रामप्रसाद बन्जाडे, उद्योगी व्ययवासायीहरु बाबुराम भट्टराई, बाबुराम बोहोरा लगायतले बोल्दै देशको आर्थिक विकासको लागि नीतिगत व्यवस्था मिलाउन सबै बामहरुको एकता आवश्यक रहेको चर्चा गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com