कृषिमा आधुनिकरण बिना आर्थिक समृद्धि असम्भव : केपी ओली


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

काठमाडौ, ४ मंसिर
नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुले आफनो घोषणापत्रमा महत्वाकांक्षी प्रतिवद्धता व्यक्त गरिसकेका छन । यही विषयमा नेपाल उद्योग बाणिज्य महासंघले गरेको अबको संकल्प आर्थिक समृद्धि विषय बहसमा शिर्षले नेताहरुले अब समृद्धिको विकल्प नरहेको भन्दै निर्वाचनपछि तिब्र आर्थिक विकासमा लाग्ने बताएका छन् ।
देश स्थानिय तहको निर्वाचन सकाएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको संघारमा छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधान कार्यान्वयन पुर्णतासंगै देश आर्थिक समृद्धिको बाटोमा जानेमा आम उद्योग व्यवसायीहरु आशावादी छन । उद्योग बाणिज्य संघले गरेको बहसमा पुर्व प्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समृद्धका लागि कृषिमा व्यवसायीकरण गर्नेपर्ने बताए । ओलीले रोजगारीका लागि ठुलो अवसर कृषि क्षेत्र भएकाले कृषिमा आधुनिकीकरणले मात्र निजी क्षेत्रको विकासको साथै आर्थिक समृद्धि हासिल हुन सक्ने बतँए ।
नेपाल सानो मुलुक भएपनि आर्थिक विकासको सम्भावनाहरु प्रशस्त छन् । नेपालको जलबिद्युत, कृषि, वन , जडिबुटी लगाएत प्राकृतिक सम्पदाको उचित व्यवस्थान हुन सके समृद्धि टाढा छैन । पूर्व अर्थमन्त्री एवम नेपाली का“ग्रेसका नेता रामशरण महतले कर्मचारीतन्त्रलाई राजनीतिक पार्टीबाट टाढा राखेर निजी क्षेत्रलाई अगाडि बढाउनु आवश्यक रहेको बताए ।
नेपालको विकासका लागि सबै राजनीतिक दलहरु एकबद्धता भएर निजी क्षेत्रका साथै सरकारी संयन्त्रलाई समक्ष बनाउने हो भने नेपाल केही वर्षमा समृद्ध बन्ने निश्चित छ । पुर्व अर्थमन्त्री एवम माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि निजी क्षेत्रको विकासबिना समाजवाद सम्भव नहुने भन्दै बाम गठबन्धन निज्ीा क्षेत्रको विकासमा जुट्ने बताए ।
लामो समय राजनीतिक अस्थिरताका कारण नेपालमा निजी क्षेत्र धरासायी बन्दै गएका बेला पछिल्लो समय आर्थिक सुचकाङकसमेत बढ्दै गएकाले नेपाल समृद्धिको बाटोमा रहेको मान्न सकिन्छ । त्यसैले निजी क्षेत्रसमेत सबै चरणको निर्वाचन सकिएसंगै संविधान कार्यान्वयन हुने र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने नेपाल उद्योग बाणिज्य महासघकी अध्यक्ष भवानी राणाको विश्वास छ ।
यसरी राजनीतिक दलहरुले घोषणापत्रको साथै सार्वजनिक रुपमै आर्थिक विकासलाई जोड लिएका छन । आबको नेपाल निर्माणको मिसन आर्थिक समृद्धि भएकै कारण नेपालमा लगानीको वातावरण समेत बन्ने देखिन्छ । यसलाई राजनीतिक नेतृत्वले पनि बोलीमा भन्दा व्यवहारमा उतार्नु आवश्यक छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com