शोक सभामा बदलियो वाम गठबन्धनको चुनावी सभा, चितवनमा प्रचण्ड सहभागी हुने तर सम्वोधन नगर्ने


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

५ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनको शोकमा माओवादी केन्द्रले आज देशभरका निर्वाचन क्षेत्रमा श्रद्धाञ्जली सभा गर्दैछ । पार्टीको केन्द्रीय सदस्य तथा अध्यक्ष प्रचण्डको छोरा प्रकाश दाहालको आइतबार निधन भएको शोकमा माओवादीले श्रद्धाञ्जली सभा गर्न लागेको हो ।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा मंगलबार वाम गठबन्धनको चुनाव सभा छ जुन प्रकाशलाई श्रद्धाञ्जली दिएपछि सुरु हुनेछ ।

शक्ति प्रदर्शनसहित आमसभा गर्ने पूर्वतयारी गरिए पनि दाहालको निधनका कारण श्रद्धाञ्जली सभाको रुपमा परिणत गरिएको चितवनमा वाम गठबन्धन निर्वाचन परिचालन समिति उपसंयोजक देवी ज्ञवालीले जानकारी दिए ।

सो सभामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड सहभागी भए पनि सम्वोधन भने गर्ने छैनन् । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

भरतपुर बस टर्मिनलमा मध्याह्न १२ बजेपछि सभा शुरु हुने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com