‘विप्लव नेतृत्वको दलको उच्चतहविरुद्ध कारबाही’


प्रकाशित मिति : मंसिर ४, २०७४ सोमबार

बैठक
प्रधानमन्त्रीले सोमबार चारवटै सुरक्षा अंगका प्रमुखलाई बोलाएर आफूले ‘चुनावी सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएको’ जनाएका छन्

गृह मन्त्रालयका उच्च अधिकारीले निर्वाचन विरोधी गतिविधि गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तहविरुद्ध समेत कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले उनकै शब्दमा विप्लव समूहको चुनाव बिथोल्ने गतिविधि परास्त गर्न निर्देशन दिए लगत्तै गृहसचिवले कडा नीति अपनाउने बताएका हुन्।

केही दिनयता चुनाव विरोधी हिंसा बढ्दै जाँदा सरकारी सुरक्षा नीतिको आलोचना भइरहेको थियो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले चुनाव बिथोल्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले उक्त दलविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संकेत

प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उनले विप्लवको नामै लिएर चुनाव बिथोल्न खोज्ने सबैलाई गिरफ्तार गर्ने अवस्था आएको औंल्याउँदै भने, “सबैलाई पक्रेर भए पनि विप्लव समूहको चुनाव बिथोल्ने गतिविधि परास्त गर्न आवश्यक छ।”

हालैका दिनमा बढ्दै गएका हिंसात्मक क्रियाकलापमा विप्लवकै दलको हात रहेको ठानिए पनि गृह प्रशासनले उसको जिम्मेवारीबारे औपचारिक रुपमा मुख खोलेको छैन।

तर प्रधानमन्त्री स्वयम्‌ले विप्लव समूह भन्दै चुनाव बिथोल्न खोजेको आरोप लगाउनुलाई सरकार ती घटनामा उसलाई जिम्मेवार ठहर्याउने चरणमा पुग्न लागेको संकेत ठानिएको छ।

प्रधानमन्त्रीको भनाइपछि बीबीसीसँग कुरा गर्दै गृहसचिव मोहनकृष्ण सापकोटाले भने, “प्रधानमन्त्रीज्यूले विप्लव समूह भन्नु भएको छ। चुनावको विरोध र कानुनको बर्खिलाप कारबाही गरेको हुनाले यो कुरा आएको हो। हामी चुनाव विरोधी गतिविधि निस्तेज पार्छौं।”

त्यसको अर्थ अब सुरक्षा निकाय विप्लव नेतृत्वको पार्टीका उच्च तहका नेतालाई पनि गिरफ्तार गर्ने मनस्थितिमा पुगेको हो?

कठोर

गृहसचिव सापकोटाको जवाफ थियो, “नेतृत्व वा जोसुकै होस् कानुन हातमा लिनु भएको छ भने त प्रहरीले कानुन अनुसार कारबाही गर्ने नै हो।”

चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा सरकारले अहिलेसम्म विप्लव नेतृत्वको दलका जिल्लास्तरीय नेता-कार्यकर्तालाई मात्र गिरफ्तार गरेको छ।

एक-दुई दिनयता मानिसको जीउ ज्यानमै जोखिम पुर्याउने घटना हुन थालेको बताउने गृह अधिकारीले विप्लव नेतृत्वको पार्टीविरुद्ध कति कठोर रुपमा प्रस्तुत हुने भन्ने कुरा उसका आगामी गतिविधिमा निर्भर हुने बताउँछन्।

उम्मेदवारलक्षित आक्रमण बढेको भन्दै सरकारको चर्को आलोचना गरेको नेकपा एमालेले पत्रकार सम्मेलन गरी ‘आवश्यक हरेक कदम उठाउन’ सरकारलाई आग्रह गरेको छ।

उसले पछिल्ला घटनालाई लिएर सोमबार निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ।

Source:  BBC Nepali 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com