मधेसी मोर्चाले बुझायो सहिद सूची,गम्भीर घाइते र खर्च विवरण


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो ।

आइतबार कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका नेताहरुले  सहिद घोषणा हुन बाँकी सहिद सूची, जीवनपर्यन्त भरणपोषणका लागि गम्भीर घाइतेको नामावली तथा विभिन्न अस्पतालमा उपचारको खर्च विवरणसमेत बुझाएको छ । सद्भावनाका महासचिव मनीष सुमनले सहिद घोषणा हुन बाँकी १६ जना र आन्दोलनमा घाइते भई अङ्गभङ्ग भएका ३३ जनालाई जीवनपर्यन्त भरणपोषणका लागिसमेत गृह मन्त्रालयलाई सूची बुझाएको छ ।

मोर्चालाई गृह मन्त्रालयले मन्त्रिपरिषद्ले सम्बोधन गर्न बाँकी रहेको सूची माग गरेको थियो । सोही मागअनुसार मोर्चाको सचिवालयले सहिद घोषणा गर्न बाँकी १६, भरणपोषण गर्नुपर्ने ३३ जना घाइते र उपचार खर्चबारे सूची पेस गरेको हो । मुद्दा फिर्ता लिनुपर्नेको सूची पनि मोर्चाको सचिवालयले बुझाएको छ ।

मुद्दा फिर्ता लिन जटिल

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मधेस आन्दोलनका केही मुद्दा फिर्ता लिन जटिल रहेको गृह मन्त्रालयको भनाइ छ । मुद्दा फिर्ता लिन मिल्ने कि नमिल्ने भन्ने कुरामा अध्ययन भइरहेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । मधेसी मोर्चाले मुद्दा चलाएका आन्दोलनकारीको सूची गृह मन्त्रालयमा बुझाएपछि सरकारी तथ्यांकमा रहेका मुद्दा र मोर्चाले बुझाएको मुद्दाको सूचीलाई गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयले अध्ययन थालेको कोइरालाको भनाइ छ । सबैभन्दा बढी मुद्दा कैलालीमा
मोर्चाले तयार गरेको मुद्दा चलाइएका आन्दोलनकारीको सूचीमा कैलाली जिल्लाबाट सबैभन्दा बढी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com