नेपालको लगानी नीति स्थिर र विश्वसनीय बनाऊ : चिनिया राजदूत


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

मंसिर २ काठमाडौं । नेपालका लागि चिनिया राजद्ुत यू होङले चीनले नेपालसँग सडक र रेल दुवै मार्गबाट जोडिन चाहेको बताएकी छन् । चीनको सर्वाधिक महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ मा सामेल भएको नेपालमा सीमापार रेलमार्ग, दुई राजमार्ग र तीन सुक्खा बन्दरगाह बनेपछि आपसी हित हुने खालको ठूलो व्यापारिक गतिविधि बढ्ने युले बताइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं महाधिवेशनपछि राष्ट्रपति सी चिनपिmङले प्रस्तुत गरेको चिनिया विशेषतासहितको समाजवादको अवधारणाबारे नेपाली सञ्चारकर्मीलाई ‘ब्रिफ’ गर्दै चिनियाँ राजदूत यूू होङले नेपालसँग आफ्नो देशले विकास गर्न चाहेको सम्बन्धका विविध आयामहरुबारे व्याख्या गरिन ।
‘चीन नेपालसँग आर्थिक, सामाजिक, सांस्कृतिक र व्यापारिक सबै हिसाबले गहिरोसँग जोडिन चाहन्छ,त्यसका लागि सडक र रेलमार्ग दुवैको विकास गर्न चीन प्रतिबद्ध छ’ राजदुत यूले स्पष्ट गरिन ।
‘कठिन भौगोलिक अवस्थितिका कारण रेलमार्गले असाध्यै अप्ठ्यारो सामना गर्नुपर्नेछ । यसका अलावा चीन नेपाल सरकारसँगको सहकार्यमा साविकको अरनिको राजमार्गकै समानान्तर महत्त्वका साथ रसुवागढी स्याफ्रुबेंसी राजमार्गको विकास गर्ने प्रक्रियामा छ’राजदूत यूले थप व्याख्या गरिन ।
नेपालमा चिनियाँ पर्यटक बर्सेनि बढिरहेको र त्यसै अनुपातमा चिनियाँ भाषा सिक्ने नेपालीको संख्या पनि थपिँदै गएकामा राजदूत यूू ले खुशी व्यक्त गरिन ।
नेपालले आर्थिक विकास र लगानीका लागि उपयुक्त बातावरण बनाउन आवश्यक रहेकोमा विशेष जोड सहित बताएकी थिइन । केही दिन अघि बर्तमान कामचलाउ सरकारले चिनिया सरकारी कम्पनी गेजुवलालई बुढी गण्डकी जलविद्युत परियोजना बनाउन दिने अनुमति पत्र रद्ध गरेपछि राजदूतको यो भनाई सार्वजनिक भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com