अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नेतृत्वमा ‘हार्डलाइनर’ नियुक्त


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको नेतृत्वमा इमिग्रेशन हार्डलाइनर थोमस होम्यानलाई नियुक्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होम्यानलाई आइसको स्थायी निर्देशक तथा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उपप्रमुखमा नियुक्त गरेका हुन् । ओबामाले नियुक्त गरेका आइसका प्रमुखले गत जनवरीमा राजिनामा दिएपछि होम्यानले आइसको कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए ।

उनले काम सम्हालेपछि आइसले कागजपत्रविहिनलाई पक्राउ गरेर देशनिकाला गर्ने प्रयासमा तीब्रता ल्याएको छ । न्युयोर्क डेली न्यूजका अनुशार न्युयोर्कमा मात्र आइसको गिरफ्तारीमा ९ सय प्रतिशत बृद्धि भएको छ । होम्यानले आप्रवासीप्रति कडा रवैया अपनाउदै आएका छन् ।होम्यान स्थायी निर्देशकमा नियुक्त भएपछि कागजपत्रविहिनमाथि अझ कडा रवैया अपनाउने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com