होचा कलाकार दिपेन शाहको निधन


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कात्तिक, ३०, काठमाडौं । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको आज बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको छ ।

नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनको उचाई ३१ इञ्च मात्र थियो । जसका कारण केही समयअघि विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन उनले प्रयास गरेका थिए ।

धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए ।
शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् ।
उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com