प्राधिकरण र चिनियाँ थ्रि गर्जेजबीच पश्चिम सेतीमा संयुक्त लगानी गर्ने सम्झौता


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

३० कात्तिक, काठमाडौं । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता (जेभीए) भएको छ । बिहीबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा दुई कम्पनीबीच सम्झौता भएको छ ।

बिहीबार नै जेभीए गर्ने गरी चिनियाा टोली काठमाडौं आएको थियो । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै बिहीबार अन्तिम रुप दिएर फाइनल सम्झौता भएको छ ।

प्रारम्भिक सम्झौतालाई थ्रि गर्जेजको बोर्डले लामो समय पास गरेको थिएन । यसैका कारण आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरेपनि थि्र गर्जेजले भने ढिलाई गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।

बुढिगण्डकी आयोजना निर्माणको लागि चिनियाँ कम्पनी गेजुवासँग गरिएको सम्झौता खारेज भएपछि तत्काल चिनीयँा कम्पनी नआउने हो कि भन्ने धेरैको आशंका थियो ।

तर, बिहीबार थ्रि गर्जेजको टोली काठमाडौं आएर सम्झौता गरेसँगै यो अन्यौल हटेको छ ।

फेब्रुअरी २०१२ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । प्रदेश ७ का डोटी, बैतडी, बझाङ र डडेलधुरा पुगेर टोलीले अध्ययन गरेको हो ।

२१ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले स्मेकको इजाजत रद्द गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com