न्युयोर्कमा भरियो नेपालीलाई निशुल्क डिभी , डेढसय बढी सहभागी


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

बलेवा समाज अमेरिकाले न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको निशुल्क डिभि भर्न सहयोग गर्ने कार्यक्रममा एक सय ६० जना भन्दा बढी सहभागिता जनाएका छन् । समाजले अमेरिकामा बिभिन्न स्टाटसमा रहेकाहरुका लागि लक्षित गर्दै निशुल्क डिभि भर्ने कार्यक्रम आयोजना गरेका थियो ।

कार्यक्रममा कागजपत्र बिहिनहरु, बिद्यार्थी भिषामा रहेका, टिपिएस स्टाटसमा भएका, भिषाको अवधि नसकिएकाहरुको उत्साहजनक सहभागिता रहेको समाजका अध्यक्ष अनिल अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले सहभागी सबैलाई शुभकामना दिएका छन् । कार्यक्रमको शुरुवात बलेवा क्षेत्रका वरिष्ठ समाजसेवी तथा अग्रज गंगाबहादुर जिसी र समाजका अध्यक्ष अनिल अधिकारी संयुक्तरुपमा डिभि भर्ने पहिलो व्यक्तिलाई कन्र्फमेशन पेपर दिएर गरेका थिए ।

कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी रवि गौतमको नेतृत्वको चार सदस्यीय टोलीले सहभागीहरुलाई डिभि भर्न सघाएको थियो । गौतमले सहभागीहरु सबैलाई प्रिन्ट पेपर दिइएको र सम्वन्धित व्यक्तिको इमेल ठेगानामा समेत कन्र्फमेशन कोड सहितको इमेल आउने हुनाले त्यसलाई सुरक्षित राख्न सुझाएका छन् ।

टोलीको अन्य सदस्यहरुमा समाजका महासचिव कृष्ण सुवेदी, कोषाध्यक्ष डोलेन्द्र पौडेल र सदस्य बिनोद शर्मा रहेका थिए । समाजले कार्यक्रममा छुटेकाहरुलाई नोभेम्वर २२ तारिख सम्म समाजको आधिकारीक इमेल ठेगाना मार्फत डिभि भर्न चाहने अन्यलाई समेत सहयोग गर्ने जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि रवि गौतमको प्राविधिक सहयोग समेत रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com