हामीले नचाहे पनि पार्टी एकता रोकिंदैन : प्रचण्ड


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

काठमाडौं २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै एमाले र माओवादी बीचको पार्टी एकता हुने पुनः दोहराएका छन् । बुधबार सांझ केपी ओलीका साथमा पत्रकार सम्मेलनमा उपस्थित प्रचण्डले भने म देशका विभिन्न भागमा पुगें, कार्यकर्ता र नेताहरुसंग अन्तरक्रिया गर्दा पार्टी एकताबाट कोही पनि पछि फर्कन सक्दैन । उनले ओलीतिर देखाउंदै थप भने हामीले नचाहे पनि तलका कमिटिहरुले स्वस्तफूर्त एकता गर्ने स्थिति बनेको छ ।

प्रचण्डले चुनाव पहिले भने पार्टी एकताको काम सम्पन्न हुन समय नभएको स्पष्ट गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com