ओली र प्रचण्ड गोरखा पसेपछि बाबुरामलाई ‘प्रेसर’


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

२९ कात्तिक, गोरखा । पहिलो चरणको चुनावको तिथि नजिकिँदै जाँदा उम्मदेवारहरु मतदाताका घरदैलो चाहारिरहेका छन् । किसानहरु मंसिरे बाली उठाउन तल्लीन छन् । मतदाताहरु नेताले बोलाएका सभा समारोहमा खासै निस्किएका छैनन् । तर, बुधबार गोरखामा केपी ओली र प्रचण्ड सम्मिलित चुनावी कार्यक्रममा भने मतदाताको जनउभार देखिएको छ ।

विगत ०४८ सालको आम चुनावमा नेताहरु खासै मतदाताको घरघरमा जानुपरेन, विभिन्न ठाउँमा हुने सभामै जनता आफैं उर्लिएर आए । तर, पछिल्ला निर्वाचनहरुमा भने नेताहरु नै जनताका घरघरमा जानुपर्ने बाध्यता आइलागेको छ ।

र, अहिले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि नेताहरु नै जनताको घर दैलोसम्म लठ्ठी टेकेर दौडिइरहेका छन् ।

उम्मदेवारले घरदैलोमा सास्ती व्यहोरिरहेकै बेला बुधबार दिउँसो गोरखाको भच्चेक बजारमा आयोजित नारायणकाजी श्रेष्ठको चुनाव प्रचार अभियानलाई केपी ओली र प्रचण्डले संयुक्तरुपमा सम्वोधन गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहाडी जिल्लामा आयोजित यो सभामा विभिन्न गाउँबाट मतदाताहरुको ठूलै भीड जम्मा भयो ।

पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डको भाषण सुन्न भेला भएको यो जमघटले गोरखामा अब दलका नेता र कार्यकर्ताहरुलाई मात्रै नभएर जनतालाई सोत राम्रैसँग चुनाव लागेको संकेत दिएको छ ।

दशकौं पछि हुन लागेको आम चुनावमा विस्तारै मतदाताहरु राष्ट्रिय उत्सवका रुपमा घरबाहिर निस्कन थालेको महसुस गोरखाले गराएको छ ।

बाबुराम भट्टराईमाथि ‘प्रेसर’

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई जिताउन भन्दै गोरखा पसेपछि अब नयाँ शक्ति पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दबावमा परेका छन् ।

कांग्रेससँग तालमेल गरेर चुनाव लडिरहेका डा. भट्टराईले अहिलेसम्म गाउँ र टोलमा स-साना कोणसभाहरु गरिरहेका छन् । उनले कुनै ठूलो जनलहरयुक्त आमसभा गरेका छैनन् ।

एमालेसँगको तालमेलका आधारमा चुनावी प्रतिस्पर्धामा उत्रिएका माओवादी नेता नारायणकाजीको पक्षमा एक प्रकारको जनलहर देखिएपछि अब बाबुराम भट्टराईले पनि त्यस्तै शक्ति प्रदर्शन गर्लान् या नगर्लान् हेर्न बाँकी छ ।

गोरखा क्षेत्र नम्बर २ मा बाबुरामले नेपाली कांग्रेसको साथ लिएर चुनाव लड्दैछन् भने नारायणकाजीले एमालेको साथ लिएका छन् । दुबै ‘हेभीवेट’ नेताहरु चुनावी मैदानमा रहेकाले यहाँको चुनावले देशव्यापी चासो र चर्चा पाएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com