अमेरिकामा विद्यार्थी पठाउने देशको सूचीमा नेपाल तेह्रौं


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

२९ कात्तिक, काठमाडौं । अमेरिकामा विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेह्रौँ स्थानमा परेको छ ।

अमेरिकी विदेश मन्त्रालयको सहयोगमा इन्टरनेसनल एजुकेसन एक्सचेन्जले गर्ने वार्षिक अध्ययन ‘ओपन डोर्स’को हालै सार्वजनिक भएको सन् २०१७को सारांश प्रतिवेदनमा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानाडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान र नाइजेरियापछि नेपाल रहेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार अमेरिकामा ११ हजार ६०७ नेपाली विद्यार्थी छन्, जुन कुल अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्याको १.१ प्रतिशत हो ।

धेरै विद्यार्थी पठाउने २५ देशहरूको सूचीको अन्तिम स्थानमा दक्षिण एसियाकै अर्को देश बङ्गलादेश रहेको छ । नेपाल, भारत र बङ्गलादेश बाहेक अन्य दक्षिण एसियाली देश शीर्ष २५ को सूचीमा परेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी २५ देशहरूमध्ये हरेक देशबाट कम्तीमा सात हजार विद्यार्थी अमेरिकामा अध्ययनरत रहेका छन् ।

यसैबीच यो वर्ष नेपाली विद्यार्थीको आगमन दर २०.१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यो वृद्धिदर शीर्ष २५ देशहरूमध्येकै सबैभन्दा उच्च हो । त्यसपछि भारतीय विद्यार्थीको सङ्ख्यामा १२.३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाली र भारतीयसँगै नाइजेरियाली र बङ्गलादेशी विद्यार्थीको बढ्दो उपस्थितिलाई पनि उल्लेख्य वृद्धि मानिएको छ । दुबै देशबाट अमेरिका जाने विद्यार्थीको सङ्ख्यामा ९.७ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकामा रहेका विदेशी विद्यार्थीमध्ये चिनियाँ र भारतीयको सङ्ख्या जोड्दा कुल अन्तर्राष्ट्रिय विद्यार्थीको आधाजति हुन आउँछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com