छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग


प्रकाशित मिति : कार्तिक २९, २०७४ बुधबार

सिराहा । आफ्नै छात्रालाई यौन दुर्व्यवहार  गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै सिराहाको चोहवाका स्थानीयले आज चक्का जाम गरेका छन् । घटनालाई मिलापत्र गर्न खोजेको भन्दै स्थानीय युवा, विद्यार्थी तथा अभिभावकले सिराहाको चोहर्वामा चकाजाम गरेका छन् ।

जनता माध्यमिक विद्यालयकी एक छात्राले सोही विद्यालयका शिक्षक हरिनारायण महतोले यौन दुर्व्यवहार  गरेको आरोप लगाएकी छिन् । बालिकाले आइतबार विद्यालयबाट घर फर्केपछि  रुँदै आमालाई शिक्षकले आफ्नो शरिरको विभिन्न भागमा सुमसुम्याएको बताएकी थिइन् । अभिभावकले थाहा पाएपछि विद्यालय व्यवस्थापन समितिमा सोमबार शिक्षक विरुद्ध उजुरी दिएका थिए ।

उजुरीपछि मंगलबार बिहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्रध्यानध्यापक ब्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो र इलाका प्रहरी कार्यालय गोलबजारका असई रेमती महतो सहित प्रहरी टोलीको उपस्थितिमा घटना मिलाउन छलफल भइरहेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

स्थानीयले यौन दुर्व्यवहार गर्ने शिक्षक महतोलाई कार्वाही गर्नुपर्ने भन्दै दबाब दिएकाले छलफल मिल्न नसकेको विद्यालयका प्रअ महतोले बताए ।  स्थानीय जनप्रतिधिधि तथा विभिन्न दलका प्रतिनिधिले शिक्षक महतोलाई विद्यालयबाट अन्यत्र सरुवा गराएर घटना मिलाउने पक्षमा रहेको स्थानीयले आरोप लगाएका छन् ।  घटनापछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् । जसका कारण विद्यालयको अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com