म्याग्दीमा बम बिस्फोट


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

म्याग्दी–म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराइएको छ ।

रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिँडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो ।

रत्नेचौर प्रहरी युनिट घटनास्थल विस्फोट भएको ठाउँमा पुग्दा मानवीय क्षती नभएको तर, सवारी साधनमा सामान्य क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

सो प्रचार टोलीमा लोकतान्त्रिक गठबन्धनका प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन, जिल्लाका बरिष्ठ नेता र कार्यकता पनि रहेको थिए । घटना लगत्तै रत्नेचौर प्रहरी युनिट र भुकण्डेको सशस्त्र प्रहरीको सुरक्षा जनशक्ति बढाएको जिल्ला प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिईन् ।
यस अघि रुकुम, रोल्पा र भोजपुरमा पनि बम बिस्फोट भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com