ह्युस्टनमा नेपाली मन्दिर र सामुदायीक केन्द्र स्थापना


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ ।

एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीका  अनुसार ह्युस्टन समुदायका ३ सय ८ परिवारबाट मन्दिर खरिदका लागी झण्डै साढे ३ लाख डलर चन्दा स्वरूप संकलन गरिएको थियो । मन्दिर प्राङ्गनमा एक सानो शिब मन्दिरका साथसाथै ४ हजार स्क्वाएर फुटको सामुदायीक भबन पनि अबस्थित छ ।

उद्घाटन सत्रमा मन्दिरका भाबी योजनाका बारेमा जानकारी दिंदै नेपाली समाज ह्युस्टनका अध्यक्ष ज्योती घिमिरेले निकट भबिश्यमा नै मन्दिर परिसरमा बालबालिकाहरुका लागी खेल्ने क्षेत्र फुटबल मैदान र व्यवस्थित खुल्ला गृह बनाउने लक्ष रहेको बताए । ” हाम्रा बालबालिकाहरुले आफ्नो पहिचान प्राप्त गरुन भनेर बिगत लामो समयदेखी नेपाली समुदायले गरेको अथक प्रयास आज सफल हुनु हामी सम्पुर्ण ह्युस्टनवासी नेपालीहरुका लागी गर्वको बिषय हो “घिमिरेले भने ।

झण्डै १७ वर्ष अघि सन २००० मा औपचारीक रुपमा स्थापना भएको नेपाली समाज ह्युस्टनको लामो प्रयास पछि आफ्नै मन्दिर सहितको सामुदायीक भवन स्थापनाले संस्थाका संस्थापक, स्थानीय समाजसेवी तथा समग्र ह्युस्टनको नेपाली समुदाय अत्यन्त खुसी भएको छ । संस्थाका संस्थापक अध्यक्ष रनिन्द्र श्रेष्ठले आजको दिन आफ्ना लागी अत्यन्त हर्षको दिन भएको बताउंदै ह्युस्टन नेपाली समुदायको चाहनालाई बर्तमान नेतृत्वले जिबन्त बनाएकोमा धन्यवाद ज्ञापन गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय समाजसेवी तथा बरिष्ठ पत्रकार तारा बरालले नेपाली धर्म संस्कृति र भाषाको जगेर्नाका लागी समुदायको यो प्रयास अत्यन्त प्रशंसायोग्य भएको प्रतिक्रिया दिए । आफ्नै पशुपतिनाथ मन्दिर र सामुदायीक केन्द्र हुनुको गर्बमा ह्युस्टनवासीहरु रमाइरहेको प्रतिक्रिया पत्रकार बिटु केसी ले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिन् ।

तस्विर : बिटु केसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com