मकवानपुर, कात्तिक २८ – हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी लेवटमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका दुईजनाको उपचारका क्रममा मंगलबार दिउँसो ज्यान गएको छ ।
हेटौडाबाट मनहरी बजारतर्फ जाँदै गरेको ना ७ ख ४८०९ नम्बरको ट्रिपरले मनहरीबाट हेटौडा बजारतर्फ आउँदै गरेको ना ३३ प ८६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको हो ।
ज्यान जानेमा नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षका अनिल जिसी र गैडाकोट ५ बस्ने २३ वर्षका पुनम बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीपराज झाले बताए। उनीहरु दुवैजनाको हेटौडाको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।