पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशी पर्वको तयारी पूरा


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

काठमाडौं, कात्तिक २८ । पशुपति क्षेत्र विकास कोषले आगामी बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
कोषले कात्तिक ३० गते बिहीबार साँझ आफ्ना दिवंगत पितृको सम्झनामा रातभर दीप प्रज्वलत गरी भोलिपल्ट मंसिर १ गते शुक्रबार सतविजारोपण गर्ने बालाचतुर्दशी पर्वलाई व्यवस्थित बनाउने गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
कोषले आज पत्रकार सम्मेलन गरी बालाचतुर्दशीका दिन बत्ती बाल्ने निश्चित स्थानको तय गरिएको जानकारी दिएको छ ।
त्यसैगरी सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको, सवारी पार्किङलाई व्यवस्थित गरिएको पनि कोषले जनाएको छ ।

कोषले पशुपतिनाथ मन्दिर परिसरमा पराल लैजान र कोर क्षेत्रभित्र कुनै पनि प्रकारका सामान बिक्रीवितरण निषेध गरिएको जनाएको छ ।

बालाचतुर्दशीका दिन पाशुपत क्षेत्रभित्र स्वास्थ्य सेवा, खानेपानी र विजुली बत्तीको समेत राम्रो व्यवस्था गरिएको जानकारी कोषले दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com