न्युजर्सीमा बम बिष्फोट लगत्तै न्युयोर्कमा बिष्फोट, कम्तीमा २५ घाइते


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

 

न्युयोर्कको म्यानहटनमा भएको बिष्फोटमा कम्तीमा २५ जना घाइते भएका छन् । म्यानहटनको एभिन्यु अफ अमेरिका र सेभेन्थ एभिन्युको बीचमा २३ औं स्ट्रीटमा राती साढे ८ बजेतिर बिष्फोट भएको हो । प्रहरी अधिकारीहरुले त्यस क्षेत्रमा अन्य बिष्फोटक पदार्थहरु भए नभएको बारे खोजतलास गरिरहेका छन् ।

बिष्फोटबाट एउटा भवनका झ्यालका सिसाहरु फुटेका छन् भने केही भाग भत्किएका छन् । घटनापछि होमल्याण्ड सेक्युरिटी र एफबीआईका अधिकारीहरु भने घटनास्थलमा देखिएका थिए । बिष्फोटको कारण अहिलेसम्म खुलाइएको छैन भने त्यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

न्युजर्सीमा पाइप बम बिष्फोट भए लगत्तै न्युयोर्कमा यो घटना भएको हो । शनिबार विहान साढे ९ बजे न्युजर्सीमा पाइप बम बिष्फोट भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com