Follow @khasokhasmag

परीक्षा प्रणाली डिजिटलाइज हुनुपर्ने ः क्रान्तिकारी


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

काठमान्डौं। नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०ले भर्ना फारम,रजिस्ट्रेसन फारमहरु सिधै अनलाइनबाट भर्ने व्यवस्था मिलाउने, मन्टेश्वरी स्कूलहरुलाई सरकारी मातहतमा ल्याउने लगायतका विभिन्न माग राख्दै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा विभागमा ज्ञापनपत्र बुझाएको छ।

क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ सहित पधाधिकारीले भक्तपुर स्थित बोर्डको र विभागको कार्यालयमै पुगी ज्ञापनपत्र बुझाएको हो। शिक्षामा डिजिटलाइजेसन अहिलेको महत्त्वपूर्ण आवस्यकता भएको भन्दै आफ्ना माग यथाशीघ्र पुरा गर्न आग्रह गरिएको क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले जानकारी दिए।

विभिन्न कारणले छुटेका विद्यार्थीहरुको रजिस्ट्रेसन फारम भर्ने समय थप्नु पर्ने, गुणस्तरीय परीक्षाको लागि गुणस्तरीय प्रश्नपत्र र मापन विधि हुनु पर्ने तथा संबिधानले ग्यारेन्टी गरेका शिक्षा सम्बन्धी मौलिक हकहरु कार्यान्वयन लगायतका माग क्रान्तिकारीको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com