मेहनती महिलाको मासिक कमाइ ५० हजार
प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार
e08f/L s’v’/f /]vb]v ub}{ df]/ªsf] ky/L zlgZr/] gu/kflnsf j8f g+ * sL ljdnf e08f/L s’v’/fnfO{ rf/f] lbFb} . ;xf/f g]kfnaf6 C0f lnO{ Joj;flos ?kdf s’v’/f kfng yfNg’ ePsL e08f/Lsf] s’v’/fkfngaf6 xfn dfl;s sdfO{ ? %) xhf/ /x]sf] 5 . tl:a/ M ;’/]Gb| e08f/L,;’?ªuf, /f;;
कार्तिक २७, २०७४-‘घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे’, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भनिन्, ‘कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।’
एक दसक अगाडिसम्म श्रीमानलाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा मेहनती महिला उद्यमीका रुपमा कहलिएकी छन् ।
व्यापार व्यवसाय सुरु गर्दाका दिनमा स–साना काममा पनि अल्छी नमानी लाग्ने विमला अहिलेसम्म आइपुग्दा कुखुरापालन र कुखुरको मासु बिक्री गर्ने काममा तल्लिन छिन् । उनले अहिले मनग्य आम्दानी आर्जन गरिरहेकी छन् ।
मेहनती महिलाका रुपमा परिचित विमलाले अहिले घरैमा कुखुरा फार्म खोल्नुका साथै फ्रेस हाउस समेत खोलेकी छन् । विदेश पठाएका श्रीमानलाई पैसा कमाउनु त कता हो कता उल्टै ऋण खोजेर नेपाल फर्काउनु परेकी दुःख उनीसँग छ ।

‘भोकभोकै कैयौँ रात सुतेकी छु, तै पनि मैले हरेस खाइनँ, काममा लागिरहेँ’, उनले भनिन्, ‘पहिलोपटक एउटा लघुवित्त कार्यक्रममा सहभागी भएर समूहमा आबद्ध भएपछि पाँच हजार रुपैयाँ कर्जा लिई जुत्ता चप्पल व्यापार सुरु गरे ।’ जुत्ता चप्पल बेच्न साइकलमा पोका बोकेर बयरवन, रमाइलोलगायत बजारसम्म पुगेको उनी सम्झिन्छिन् ।
मासिक रु ५० हजारभन्दा बढी कमाइ गर्न थालेपछि अहिले उनको जीवनशैली फेरिएको छ । उनको व्यापार पथरी शनिश्चरेमा मात्र सीमित छैन । इटहरीसम्म फैलिएको छ । ‘अहिले आफूलाई मात्र होइन अरुलाई पनि आत्मनिर्भर गराउन सक्ने अवस्थामा छु,’ उनले भनिन् ।
विमलालाई काममा श्रीमानले सघाउँछन् । उनीहरुसँग एउटा मारुती भ्यान छ । जसको माध्यमबाट श्रीमान् महेश भण्डारीले कुखुरा बिक्रीका लागि इटहरीसम्म जान्छन् ।
यसैबीचमा उनले दुई कट्ठा जमिन जोड्न भ्याएकी छन् । ठूली छोरीको बिहे गर्न खर्च जुटाइन् । उनले भनिन्, ‘अरु दुई छोरी र एउटा छोरो राम्रै स्कूलमा पढाइरहेको छु ।’






