मोर्चाले घाइते र मृतकको विवरण आज बुझाउने


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा घाइते भएका तथा मृतकको विवरण सरकारलाई बुझाउने भएको छ ।मधेसी मोर्चा सचिवालयको शनिबार बसेको बैठकले आन्दोलनमा घाइते तथा मृतकको विवरण कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई आइतबार बुझाउने भएको छ । हुन त यसअघि पनि ६८ जना मृतक र ४९१ जनामाथि मुद्दा लागेका तथा थुनामा रहेकाको विवरण गृह मन्त्रालयमा बुझाएको थियो ।

बुझाइएको मृतकको विवरणमध्ये ५२ जनालाई सरकारले सहिद पनि घोषणा गरिसकेको छ भने केही घाइतेले उपचारबापत रकम पनि प्राप्त गरिसकेका छन् । मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवका अनुसार ६८ जनामध्ये १६ जनालाई सहिद घोषणा नगरेपछि मोर्चाले गृहमन्त्री निधिलाई भेटेर आपत्ति व्यक्त गरेका थिए ।

त्यसरी आपत्ति व्यक्त गरेपछि गृहमन्त्री निधिले १६ जना मधेस आन्दोलनको क्रममै मृृत्यु भएको ठोस तथ्यसहित विवरण पेस गर्न भनेपछि मोर्चाका नेताले थप विवरण तयार गरेका हुन् । १६ जना विभिन्न चरणको मधेस आन्दोलनमा नै मृत्यु भएको दाबीसहितको विवरण आइतबार बुझाउन लागिएको हो ।

त्यसैगरी, एक हजार पाँच सय घाइतेको विवरण पनि बुझाउन लागिएको छ । नेता यादवका अनुसार, पन्ध्र सय घाइतेमध्ये ३२ जना पूर्ण अशक्त रहेका छन् । विवरणमा घाइतेले कहाँ कहाँ उपचार गराएका छन्, कति रकम बाँकी छ त्यसको विवरण पनि बुझाउन लागिएको बताइएको छ । घाइतेले उपचार गराएको कतिपय अस्पताल तथा औषधि पसलको रकम बाँकी छ भने कतिपय ठाउँमा कुनै व्यक्तिले बुझाएको छ, जसको तिर्न बाँकी रहेको पनि विवरणमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com