प्रधानमन्त्रीकै गाउँँपालिकाका जनता विजुली र टेलिफोन सेवाबाट वञ्चित


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

काठमाडौं– डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विजुली बत्ती छैन । टेलिफोन लाग्दैन । जुन यथार्थ अरु कसैको नभएर प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको हो ।

गन्यापधुरा गाउँपालिकामा अहिले पनि ८० प्रतिशत भूभागमा टेलिफोन सेवा छैन । विजुली पुग्ने कहिले हो कहिले केही थाहा छैन । वडा नं २का लोकन्द्र कार्कीले भने ‘टेलिफोन छैन । संसार आधुनिकताको चरम चुलिमा छ हामी भने अन्धकारमा बस्न बाध्य छौ । संचारको दुनियाबाट टाढा छौ ।’

सुदूरपश्चिमको विकास नै देउवाले गरेको भन्नेहरुको कमि नभएको समयमा उनकै गाउँपालिका मान्छेहरु भने अहिलेपनि उज्यालो र संचारको क्षेत्रबाट बन्चित रहनु परेको छ ।
वडा नं ३ का भवानी ठगुन्ना भन्छन् ‘देउवा यो देशको ४ पटक प्रधानमन्त्री हुँदा पनि हाम्रा लागि अहिलेसम्म विजुली र टेलिफोन आएन भने कसरी विकास प्रेमी मान्नु हामी ।’
देउवाले बहुदलदेखि अहिलेसम्म डडेलधुराबाट चुनाव जित्दै आएका छन् । यो पटक भने वामगठबन्धनको भोट उनको भन्दा ९ हजारले बढी छ ।
त्यसैले उनको चुनावी नतिजा कस्तो आउने हो अहिले नै भन्न नसकिने अवस्था रहे पनि रोचक प्रतिस्पर्धा हुने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com