अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपबारे ट्रम्पकोे अडान


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप थियो वा थिएन भन्ने बिषयमा आफ्नो अडानबारे थप स्पष्ट पार्ने प्रयास गर्नुभएको छ ।
भियतनामी राष्ट्रपति त्रान दाई कुआङसँग भियतनाममा आइतबार भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले आँफूलाई यस अगाडीका भनाइबाट टाढा राख्दै आफ्नो अमेरिकी गुप्तचर संस्थामाथि विश्वास रहेको जनाउनुभयो ।

शनिबार भियतनामको दा नाङ शहरमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँका अमेरिकी समकक्षीसँगको कुराकानीमा आफ्नो अमेरिकी निर्वाचनमा हस्तक्षेप नरहेको बताउनुभएको थियो । त्यसपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले आँफूले रसियाली नेताको हस्तक्षेप नगरेको भनाइप्रति विश्वास गरेको जनाउनुभएको थियो ।

तर राष्ट्रपति ट्रम्पको पुटिनको पक्षमा आएको भनाइलाई लिएर अमेरिकामा आलोचना भएपछि हिजोको भनाइलाई थप व्याख्या गर्दै आँफू अमेरिकी गुप्तचर निकायको पक्षमा रहेको बताउनुभएको हो । अमेरिकी गुप्तचर निकायले अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप रहेको दावी गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “पुटिन आँफू र रसियाले निर्वाचनमा हस्तक्षेप गरेको महशुस नगरेको मैले पाँए । मैले यस बिषयलाई विश्वास गरौँ वा नगरौँ । म आफ्नो गुप्तचर निकायसँग छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले अमेरिकाको रसियासँग मजबुत सम्बन्ध हुँदा यसले विश्वलाई फाइदा पु¥याउने बताउँदै भन्नुभयो, “रसिया र चीनजस्ता मुलुकको अमेरिकासँगको सहकार्यले कोरियाली प्रायदीप, सिरिया, यूक्रेन र आतङ्कवाद समस्या समाधान गर्न सहज बन्छ र विश्वले यसबाट फाइदा लिनसक्छ ।”

अमेरिकी राष्ट्रपतिले थप्नुभयो, “मलाई रसियासँग सधैँ तनावपूर्ण सम्बन्ध राख्नुलाई अमेरिकाको गुण मान्ने बिषयप्रति फरक धारण राख्छु र रसियालाई एक मित्रको रूपमा हेर्नुपर्ने लाग्छ ।” ट्रम्पले विश्व समुदायले रसियामाथि धेरै धेरै कडा प्रतिवन्ध लगाएको बिषयलाई नपत्याएकोे बताउनुभयो ।
“अव विनासको दिशामा अघि बढेको विश्वलाई सम्वेदनशील बन्दै अघि बढ्ने वेला आएको छ,” ट्रम्पले भन्नुभयो ।

ट्रम्प भियतनामको दुई दिने भ्रमण सकी दक्षिण पूर्वी एसीयाली राष्ट्रहरूको संगठन (आसियान) को ३१ सौँ शिखर सम्मेलनमा भाग लिन आइतबारनै मनिला जानुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com