विदेशमा कानुनी सहायता चाहियो ? डिफेन्स फाउण्डेशनमा सम्पर्क गर्नुस्


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

अमेरिका । विदेशमा कानुनी सहायता नपाएर समस्यामा पर्नु भएको छ ? छ भने चिन्ता नगर्नुस्, कानुनी सहायता नपाएर विदेशमा दुःख पाएका नेपालीको सहयोगका लागि स्थापना भएकाे एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो काम सुरु गरेको छ ।

फाउण्डेशनले कानुनी सहायता नपाएका मध्यपुर्व क्षेत्रका नेपालीहरुलाई लक्षित गरेर काम शुरु गरेको हो ।

फाउण्डेशनका प्रमुख संरक्षक तथा वरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्रीले मध्यपुर्वका देशहरुमा रहेका नेपालीहरु अनेक कानुनी झमेलामा फसिरहेकाले त्यहीबाट काम सुरु गरेको बताए ।

फाउन्डेसनले कानुनी सहायताको खाँचो परेका नेपालीहरुलाई सम्पर्क राख्न अनुरोध गरेको छ । फाउन्डेशनका सदस्य पिताम्बर भुसालले कानुनी सहायता पर्खेर बसेका नेपालीहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानूनी सहायता चाहिएका नेपालीहरुले  [email protected] र [email protected] मा मेल गरेर घटना र मुद्धाको बारेमा जानकारी गराउन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com