इराक र इरानको सीमामा शक्तिशाली भूकम्प ः एक सयको मृत्यु
प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

कात्तिक २७, इराक । इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय को मृत्यु भएको बीबीसीले जनाएको छ । उसका अनुसार आइतबार राति ७।३ रेक्टरस्केलको भूकम्प गएको हो।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार इराकको कस्बे हलब्जाभन्दा ३२ किलोमिटर दक्षिण–पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।
भूकम्पको तीव्रसँगै सो क्षेत्रमा मानिसहरुको भागदौड मच्चिदा ३ सयभन्दा बढी घाइते भएका छन् ।
मृतकको संख्या बढ्ने सरकारी अधिकारीहरुले जनाएका छन्।