सुरक्षा संगठन नै छल्छन् अध्यागमन


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ ।

नेपाली सेनाका २ सय ३२ जना राहदानी नै नलिई सुडान पुगेको घटनाको अनुसन्धानका क्रममा राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान, लाइबेरियालगायत देश जाने सेना, प्रहरी र सशस्त्रको टोली अध्यागमन जाँच नै नगरी अनधिकृत बाटो हुँदै विमानस्थलको धावनमार्गमा प्रवेश गर्ने छ ।

गत मंगलबार सुडान खटिएको सेनाको टोलीको साथमा पासपोर्ट नभेटिएपछि सुडानको अध्यागमनले नेपाल फर्काएको थियो । नेपाल फर्किएको टोली यतै ब्यागमा छुटेको पासपोर्ट लिएर पुनस् सुडान पुगेको थियो । नेपाली नागरिक बिनाराहदानी सुडान पुगेको घटनाले अन्तर्राष्ट्रिय रूपमै नेपालको अध्यागमनको सुरक्षामाथि अन्तर्राष्ट्रिय चासो बढेपछि गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार अध्यागमन विभाग र त्रिभुवन विमानस्थलका अधिकारीसँग उक्त विषयमा छलफल गरेका थिए ।

उक्त घटनाको कारण खोज्दा शान्ति मिसनमा जाने सबै टोलीले अध्यागनको नियम पालना नगरी जाने र आउने गरेको तथ्य खुलेको कान्तिपुरमा खबर छ । जानकार अधिकारीका अनुसार मिसनमा सहभागी हुने तीनवटै सुरक्षा संगठनका सदस्य विमानस्थलको नियमित आगमन र प्रस्थान कक्ष प्रयोग नै गर्दैनन्। समूहका सदस्य अध्यागमनको नियमित बाटोको साटो जाँच पडतालबिनै विमानस्थलको उत्तरमा रहेको अनौपचारिक तारबारको गेट प्रयोग गरेर धावनमार्गमा पुग्ने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरू समूहगत रूपमा फर्कंदासमेत अध्यागमन र भन्सारको प्रक्रिया पूरा गर्दैनन् । उनीहरू सोही मार्गको प्रयोग गर्दै विमानस्थलबाट बाहिरिँदा उनीहरूको साथमा रहेको सामग्रीबारे न अध्यागमनलाई जानकारी हुन्छ न भन्सारलाई नै । सुरक्षा संगठनले मिसन अनुगमनका लागि गैरसुरक्षाकर्मीलाई समेत सँगै लैजाने गरेका छन्। मन्त्रालय स्रोतका अनुसार उनीहरू जाँदा र आउँदासमेत अध्यागनको कुनै प्रक्रिया पूरा गर्नु पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com