अमेरिकामा रहेका नेपालीको निशुल्क डिभी भरिदै


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

न्युयोर्कको ज्याक्सन हाईटमा अमेरिकामा रहेका नेपालीहरुलाई निशुल्क डिभी भरिने भएको छ । विभिन्न तरिकाबाट अमेरिकामा आएर ग्रिनकार्ड नभएका तर कानुनी हैसियत नगुमाएकाहरुको निशुल्क डिभी भरिदिने कार्यक्रम रहेको छ । बलेवा समाज अमेरिकाले नोभेम्वर १४ मंगलबार डिभी भर्ने कार्यक्रम राखेको समाजका अध्यक्ष अनिल अधिकारीले जानकारी दिएका छन् ।

अध्यक्ष अधिकारीले कार्यक्रममा सहभागी हुन र यसको फाइदा लिन सबैमा आग्रह गरेका छन् । उक्त दिन बिज्ञ टोली मार्फत कार्यक्रममा सहभागी हुनेको डिभि भरिने कार्यक्रम रहेको छ । कानुनविदहरुले अमेरिकामा लिगल स्टाटसमा रहनका लागि वा ग्रिन कार्ड पाउनका लागि अन्य बिकल्प सकिएको भए, बर्षौ सम्म कागजपत्र बिहिन भएर बस्नु भन्दा डिभिमा सहभागि हुन र डिभि लोटरी जितेमा आफ्नो देश फर्केर फेरी अमेरिका आउन सकिने विकल्प रहेको बताएका छन् ।

सम्भवत यो अन्तिम डिभी लोटरी भएकाले कार्यक्रममा सहभागी भएर फाइदा लिन अनुरोध गरिएको छ । सन् २०१९ का लागि डिभी भर्ने म्याद आगामी नोभेम्बर २२ सम्ममात्र रहेको छ ।

कानुन व्यवसायी रमेश श्रेष्ठका अनुशार अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त गर्नका लागि आफ्नो कानुनी स्टेटस एड्जस्ट गर्न योग्य हुनुपर्छ । डिभी लोटरी पारेपनि स्टेटस एड्जस्ट गर्न योग्य छैन भने ग्रिनकार्ड प्राप्त गर्न सकिन्न ।

अमेरिकामा रहेका नेपालीहरुमा विद्यार्थी भिसामा रहेकाहरु, कामदार भिसामा रहेकाहरु वा ग्रिनकार्ड नभएका तर अद्यावधिक भिसामा कानुनी हैसियतमा रहेकाहरु डिभी लोटरी भरेर स्टेटस एड्जस्ट गर्नका लागि योग्य हुन्छन् । त्यसैले उनीहरु डिभी लोटरीका लागि योग्य हुन्छन् । तर भिसाको अवधि सकिएका वा गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अन्य क्षेत्रबाट अमेरिका छिरेका नेपालीहरुलाई डिभी लोटरी परेपनि उनीहरु अमेरिकामा नै बसेर स्टेटस एड्जस्ट गर्न योग्य हुँदैनन् । उनीहरु नेपाल फर्केर पुन भिसा लिएर आउनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com