अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच वाकयुद्ध


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

कार्तिक २६, २०७४-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर पुन: वाकयुद्ध शुरु भएको छ । उत्तर कोरियाली विदेशमन्त्रीले ट्रम्पलाई वृद्ध मानिस भने लगत्तै ट्रम्पले ट्वीट गर्दै आफूले किम जोङ–उनलाई कहिल्यै होचो र मोटो मान्छे नभन्ने भ्रन्दै व्यंग्य गर्नुभएको छ । आफूले उत्तर कोरियाली नेतासंग मित्रता बनाउन प्रयास जारी राखेको र त्यो कुनै दिन सम्भव हुने अपेक्षा गरेको समेत ट्रम्पको ट्वीटमा उल्लेख छ ।
साउथ चाईना सीको विवादलाई लिएर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताएका ट्रम्पले पछिल्लो टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ । चीन, भियतनाम, फिलिपिन्स, ताईवान, मलेसिया र ब्रुनाईले साउथ चाईना सीमाथि आ–आफ्नो दावी राख्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com