पर्वतमा १६ वर्षदेखि बन्द मिसन अस्पताल पुनः सञ्चालन गर्नुपर्ने माग


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

पर्वत २६, पर्वतको दक्षिणी क्षेत्र पैयुँ गाउँपालिका–६ हुवासका बासिन्दाले १६ वर्षदेखि बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न माग गरेका छन्।

विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०५० सालमा सञ्चालनमा आएको उक्त अस्पताल सशस्त्र द्वन्द्वका बेला असुरक्षाका कारण बन्द भएको थियो। अस्पताल बन्द भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका साविकका झण्डै दुई दर्जन गाविसका नागरिकहरुलाई सहज स्वास्थ्य सेवाको अभाव भएको छ।

पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार खोलिएको अस्पताल बन्द भएपछि यो क्षेत्रका मानिस सामान्य उपचारक लागि समेत कास्की, स्याङ्जा, रूपन्देही र पाल्पा जान बाध्य छन्। १५ शय्याको अस्पताल सञ्चालनमा कसैले पनि चासो नदिएको यहाँका सर्वधारण बताउँछन्। ुअस्पताल पुनः सञ्चालन धेरैतिर धाइयो। कतैबाट पहल भएनु, स्थानीय मित्रलाल बस्यालले भने, ुसामान्य उपचारका लागि बुटवल, पाल्पा र स्याङ्जा जानुपर्ने बाध्यता छ।
पछिल्लो समय हुवासमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडकजस्ता सुविधाको राम्रो पहुँच पुगेकाले सुविधासम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयवासीको भनाइ छ। एक अमेरिकी संस्थाको झण्डै १ करोडको लागानीमा निर्माण गरिएको अस्पतालका भवन जीर्ण बनेर भत्किने अवस्थामा पुगेका छन् भने अन्य भौतिक सामग्री पनि बेवारिसे अवस्थामा छन्। ७ वर्षसम्म सञ्चालन भएको अस्पतालमा त्यसबेला दैनिक ८० जना भन्दा बढी बिरामीको उपचार हुने गरेको थियो। दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत अस्पताल हालसम्म बन्द हँदा स्थानीय चिन्तित छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com